राष्ट्रपति जोस“ग न टेलिफोन छ न इमेल-आईडी
राष्ट्रपति जोस“ग न टेलिफोन छ न इमेल-आईडीमस्को -रुस, भ्लादिमिर भ्लादिमिरोभिच पुटिनको दैनिक खान्की हो- रोटीका केही टुक्रा । उनी कुनै प्रोटोकलको टोस्टमा मात्रै वाइन सुरुप्प पार्छन् । प्रत्येक बिहान एक घन्टाभन्दा बढी स्विमिङ पुलमा हेलिन्छन् । ब्राहम, मोजार्ट र सइकोभोस्कीका क्लासिकल कम्पोजिसन सुन्छन् । बिटल्सको ‘यस्टरडे‘ गीत उनको ज्यान हो, सबैभन्दा मनपर्दो । हो, ‘टाइम‘ पत्रिकाको वर्षुरुष बनेपछि ५५ वषर्ीय रुसी राष्ट्रपति पुटिनका थुप्रै आनीबानी बाहिर आएका छन् । ‘यी चानचुने राजनीतिज्ञ होइनन्,’ टाइमको पछिल्लो संस्करणमा उल्लेख छ- ‘उनले आफ्नो मुलुकलाई दृढ र स्थिर तुल्याएका छन् । रुसबाहिर पनि उनको आवाज सुन्न थालिएको छ ।‘ फेरि फिरौं पुटिनतिरै जसका केही प्रसंग रोचक लाग्न सक्छन् । पुटिन बाइबलका भक्त हुन् जो निजी विमानमा पनि उक्त धार्मिक ग्रन्थ साथै राख्छन् । बोली र सन्देशमा एकदमै नियन्त्रित उनले जीवनमै कसैलाई इमेल लेखेका छैनन्, किनभने उनीस“ग इमेल-आईडी छैन, न व्यक्तिगत टेलिफोन छ । उनी राजनीतिमा चतुर पनि छन् । जस्तो- सोभियत संघलाई जनइच्छाबमोजिम टुक्रयाउने अघिल्ला राष्ट्रपति मिखाइल गोर्वाचोभ र बोरिस येल्त्िसनको पनि उनी खुलेर प्रशंसा गरिरहेका हुन्छन् । ‘थाहा छैन -किन),’ उनले टाइमलाई भनेका छन्- ‘सायद ममा पनि त्यो साहस हुन्थेन ।‘ विश्वकै महाशक्ति र पु“जीवादी साम्राज्य बनेको अमेरिकास“ग भने पुटिनको केही ‘चिसो‘ थियो । उनका बुझाइमा, अमेरिकाले रुसलाई जहिल्यै ‘कुनै पार्टर्ीी ननिम्त्याईकन आएको पात्र‘ का रूपमा लिने गरेको छ । ‘हामी अमेरिकाको साथी बन्न चाहन्छौं,’ उनी भन्छन्- ‘तर कहिलेकाही“ के लाग्छ भने अमेरिकालाई कोही साथी नै चाहि“दैन ।‘ रुसबारे अमेरिकी भ्रमपर्ूण्ा धारणा उनी सच्याउन चाहन्छन् त – पुटिन भन्छन्- ‘यी धारणा भ्रमपर्ूण्ा हुन् भन्ने मलाई लाग्दैन । रुसको छविलाई भित्री-बाहिरी रूपमा तल झार्न नियतवशै अपनाइएको उपाय हो । हरेकलाई के विश्वास दिलाउन खोजिएको छ भने रुसीहरूमा अझै अलिअलि जंगली स्वभाव छ जो भर्खरै कुनै रूखबाट उत्रेका छन् र तिनका दार्ही र कपालको फोहोर पुछिनै बा“की छ ।‘ अहिले पुटिनको आठवर्षो राष्ट्रपतिकालको समीक्षा भइरहेको छ । उनले सोभियत संघ विघटनपछि पहिलोपटक देशवासीमा आत्मगौरव बढाउन र आर्थिक वृद्धिदर बर्सर्ेे ७ प्रतिशतले कायम गराउन सके । यसबीच रुसले दर्ुइ खर्ब अमेरिकी डलरको वैदेशिक ऋण पनि चुक्ता गरेको छ । पुटिनको लोकप्रियता रुसमा ७० प्रतिशतभन्दा माथि छ । फेरि रमाइला कुरा गरौं । पुटिन खिसीटिउरी गर्न सिपालु छन् तर हास्यरसविहीन । टाइमका संवाददाताहरूले आफूस“ग गरेका कतिपय विनोदी कुराको पनि उनले भेउ पाउन सकेनन् । अमेरिकाका पर्ूवविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्- ‘पुटिन व्यक्तिगत आकर्षामा विश्वास राख्ने मान्छे होइनन् । उनी ऐकान्तिकता, राम्रो बौद्धिकता, विषयगत पहु“च र रुसी राष्ट्रवादले भरिएका व्यक्ति हुन् ।‘ उनी भाग्यले पुटिन बनेका होइनन् । यसमा निरन्तर संर्घष्ाको कथा छ । सेन्ट पिर्टसबर्गको पुरानो घरमा आइरहने मुसा खेदाउ“दै उनी स्कुल जान्थे । उनका हजुरबा लेनिन र स्टालिनका भान्से थिए । त्यस बेलासम्म भान्से बाजेले आफ्ना सन्तानका लागि कुनै उज्यालो ल्याउलान् भन्ने थिएन । पुटिन आफूलाई बाल्यकालको ‘दुःखी विद्यार्थी‘ का रूपमा सम्झन्छन् । किशोर वयमा जुडो र रेस्लिङ सिके पनि पछि जुडोमै तल्लीन रहे । लेनिनग्राद स्टेट युनिभर्सिटीमा उच्च शिक्षा टुंगिन लाग्दासम्म उनको एउटै इच्छा थियो, जासुसी सेवामा लाग्ने । तर संयोगवश रक्षा-सुराकीको तालिम पाए र सन् असीको दशकको मध्यमा नेटो र जर्मन राजनीतिज्ञ- को सुराकीमा पर्ूर्वी जर्मनी पुगे । सन् १९८९ मा बर्लिन पर्खालस“गै उनको सुराकी सेवा पनि ढल्यो । टिप्पणीकारहरूले भन्ने गरेको ‘रुस इतिहासले बा“चेको छ, इतिहास पनि रुसमै बन्छ,’ दृष्टान्त फेरि पनि प्रमाणका रूपमा देखा परेको छ । टाइमका ‘वर्षपुरुष-२००७‘ पुटिन यसैका प्रमाण हुन् । वर्षुरुषमा उनले अमेरिकाका पर्ूवउपराष्ट्रपति अल गोर, ह्यारी पोटर स्रष्टा जेके रोलिङ, चिनिया“ राष्ट्रपति हु जिन्ताओ र इराक युद्धका अमेरिकी कमान्डर जनरल डेभिड पेट्रायसलाई उछिनेका हुन् । ल टाइम
Add comment 1 January 3, 2008
नेपाली…..
नेपाली गीत सङ्गीतको क्षेत्रमा उच्चआदारका साथ लिइने नाम हो नातिकाजी । उनले नेपाली सङ्गीतको विकासका लागि गरेको योगदानलाई शब्दमा व्याख्या गर्न गार्हो छ । सङ्गीत शिरोभूषण पदवीबाट सम्मानित नातिकाजीका जीवन प्रेरणाप्रद मात्र होइन रोचक समेत रहेको छ ।
नातिकाजीको जन्म वि.सं. १९८२ साल पौषशुक्ल द्वितीयाका दिन ललितपुरको पुल्चोकमा बुबा मोहनलाल श्रेष्ठ र आमा चम्पादेवी श्रेष्ठको कोखबाट भएको थियो । सानै उमेरमा आमा बुबा गुमाएका नातिकाजी त्यसपछि गुहृयेश्वरीस्थित मामाघरमा हुर्किए । मामाघरका बाजे पुजारी भएका कारण पशूपति र गुहृयेश्वरी मन्दिरमा हुने विभिन्न भजन कार्यक्रमहरुमा सहभागिता जनाउँथे । बाजेको पछिलागेर भजनमा सरिक हुँदाहुँदै सङ्गीतमा सक्रियरुपमा सहभागी हुन थालेका नातिकाजीले वि.सं. २००४-५ सालतिर केही साथी कृष्ण मानन्धरसँग मिलेर ‘जीवनज्योति’ नामक नाटक पनि बनाएका थिए ।
आफ्नो घर, साथीभाई र भजनगृहमा गीत गाउँदागाउँदै नातिकाजी २००७ सालमा रेडियो नेपाल पुगे र त्यसको एक वर्षति पछि २००८ बैशाख १५ गतेदेखि लाग हुने गरी जागिरको नियुक्तिपत्र पाए । उनले आफ्नै शब्द सङ्गीत र स्वरमा ‘जब प्रेम छुट्यो रोएर के गरौँ’ बोलको गीत पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाएका थिए । त्यस्तै पुष्प नेपालीको शब्द र उनकै स्वर र सङ्गीत रहेको गीत ‘पहाड बसी वनमा खेली हुर्केकी अकेली’ उनको स्वरमा रेकर्ड भएको पहिलो गीत हो । २००९ सालमा उक्त गीत भारतको कोलकातामा डिस्क रेकर्ड गर्नका लागि राजा त्रिभुवनले नातिकाजीलाई रु ६०० दिएका थिए ।
सुरुवातका दिनहरुका नातिकाजी आफैँ गीत लेख्थे र गाउँथे पनि । र, उनका स्वरका गीतहरु त्यसबेला श्रोताबीच चर्चित पनि थिए । लगभग २०० जति गीतहरु आफ्नो स्वरमा रेकर्ड गराएका नातिकाजी २०१६-१७ सालपछि गाउन छाडेर सङ्गीत सिर्जना सिर्जना गर्नपट्ट िमात्रै लागे ।
रेडियो नेपालको स्थापना हुँदा रेडियो बजाउन नेपाली गीतहरु त परै जावोस् बजाउनलाई नेपाली धन पनि थिएन । यस्तै अभावकालका कलाकार मध्येका एक हुन् नातिकाजी । रेडियो नेपालमा प्रवेश गरेपछि नेपाली सङ्गीतको क्षेत्रलाई फराकिलो बनाउन ठूलो भूमिका खेलेका नातिकाजी रेडियो नेपालको साङ्गीतिक क्षेत्रको विकासका पृष्ठाधार मध्येका एक हुन् ।
नातिकाजीले रेडियो नेपालमा प्रवेश गरेका बेला नेपाली गीतको अभावमा हिन्दी गीतलाई नै हुबहु नक्कल गरेर त्यसमा नेपाली शब्दहरु राखी गाउने गरिन्थ्यो । त्यसैले सुरुसुरुका दिनहरुमा नातिकाजी पनि हिन्दी गीतगजलहरुबाट केही प्रभावित देखिन्छन् । यसको उदाहरणको रुपमा नीरव रातमा आँशु खसाली र जीवनको सहारा त्यो आशा न बिदा गर्नजस्ता त्यसबेलाका केही गीतहरुलाई लिन सकिन्छ ।
साङ्गीतिक यात्राको क्रममा नातिकाजीले नेपाली लोकलय, नेवारी लोकलय र शास्त्रीय सङ्गीतलाई आधार बनाएर सङ्गीत सिर्जना गर्न थाले र नेपाली मौलिकपन भएका गीतहरु रचना गर्न उनी सक्षम भए, यसरी विस्तारै उनको सङ्गीत बाहृय प्रभावबाट फरक हँदै आयो ।
सङ्गीत सिर्जना गर्दा शब्दको भावअनुसार सङ्गीत सिर्जना गर्न रुचाउने नातिकाजी गीत रेकर्ड गर्दा शब्दको उच्चारण गलत नहोस् भनेर निकै होशियारी अपनाउँथे । उनको होशियारी गायिका तारादेवीको गीत रेकर्ड अझ विशेषरुपमा देखिन्थ्यो ।
नेपालको चर्चित सङ्गीतकार, आकर्षक जिउडाल र लोभलाग्दो मुस्कानसहितको हेर्राई, यस्ता गुणहरुले भरिपूर्ण नातिकाजीलाई आफ्नो बनाउन त्यसबेलाका युवतीहरु निकै मरिमेट्थे तर उनले पारिवारिक सहमतिमा २०१७ सालमा वीर अस्पतालमा नर्सको रुपमा कार्यरत सरस्वती राजभण्डारीसँग लगनगाँठो कसे । र, तीन छोरीहरु सङ्गीत, कविता र सविताका पिता बने । दुवै जागिरे भएका कारण उनीहरुले घरमा निकै कम समय दिए पनि छोरीलाई उचित माया र शिक्षा दिन चुकेनन् ।
पशुपति पाठशालाबाट औपचारिकरुपमा एसएलसीसम्मको शिक्षा लिएका नातिकाजी विवाह गरेको एक वर्षति पछि पर्ढाईलाई पनि अगाडि बढाउने विचारले त्रि-चन्द्र कलेजमा आइ.ए.मा भर्ना भएका थिए तर पारिवारिक जिम्मेवारी र सङ्गीतको व्यस्तताका कारण एक वर्षपछि उनले कलेजको पर्ढाईलाई विश्राम दिए र सङ्गीतको शिक्षा बढाउनपट्टि लागे । यसैक्रममा उनले सन् १९७३ मा प्रयाग सङ्गीत समिति, इलाहावादबाट शास्त्रीय सङ्गीतमा विम्युज् गरे ।
पहेँलो रङको कपडा अलि बढी मन पराउने नातिकाजी साथीभाई भेला पारेर मीठोमीठो खान, पिउन र रमाइला गफ गर्न रुचि लाग्थ्यो । नेपाली सङ्गीतको भविष्य तुरुन्तै नदेखेका उनले आफ्ना तीनै छोरीहरुलाई सङ्गीतमा लाग्न दिएनन् बरु त्यसको साटो उनले सबै छोरीहरुलाई राम्रोसँग पढ्ने व्यवस्था मिलाए ।
साइकलबाट रेडियो नेपाल र घरबीचको यात्रा पार गर्ने नातिकाजीले अलिपछि साइडकार भनेर चिनिने मोटर साइकल किनेका थिए । नातिकाजी आफू सङ्गीतमा र उनकी नर्स श्रीमती सधैँजसो अस्पतालमा व्यस्त भइरहन्थिन् ।
२०२० सालदेखि २०४० सम्मको समयलाई नेपाली सङ्गीतका लागि स्वणिर्म युग मानिन्छ । यसै स्वणिर्म युगका महत्वपूर्ण धरोहर हुन् नातिकाजी । यसै अवधिमा उनका उत्कृष्ट रचनाहरु निस्किएका छन् । धर्मराज थापा, उस्ताद साइँलाहरुको लोकलहरी, मित्रसेन थापाको लाहुरे लोकशैली र मास्टर रत्नदास प्रकाशको तत्कालिक हिन्दुस्तानी शैलीको सङ्गीतमा हिँडिरहेको नेपाली सङ्गीतलाई परिमार्जन गरेर आज सबै नेपालीले गर्व गर्न लायकको आधुनिक सङ्गीत भनेर चिनिने शैलीको सङ्गीतको निर्माण गर्नमा नातिकाजीको ठूलो हात रहेको छ ।
नातिकाजीको सङ्गीतमा थुप्रै नेपाली गायकगायिकाहरुले आफ्नो स्वर दिएर चर्चित बन्ने सौभाग्य पाएका छन् । प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, रुवि जोशी, फत्तेमान, उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बरालसम्मका लागि सङ्गीत तयार गरेका छन् ।
कुनै पनि गीतको संगीत तयार गर्नुपहिले नातिकाजी शब्दलाई ध्यान दिएर दोहोर्याई तेहेर्याई पढ्थे अनि अलिअलि धुन फेर्नासाथ सुसेल्न थाल्थे । र, त्यसपछि एउटा चुरोट सल्काएर लामो श्वासले धुवाँ फाल्दै हार्मोनियममा उक्त धुनलाई गाउन थाल्थे । यसरी उनी गीतको सङ्गीत तयार पार्थे ।
नातिकाजीको सङ्गीत राजदरबारका लागि पनि निकै प्रिय थियो । त्यतिखेरका राजपरिवारका सदस्यहरु उनी भनेपछि झुम्मिन्थे । राजपरिवारका सदस्यहरुका शब्दमा समेत सङ्गीत भरेका नातिकाजीको सङ्गीतको ट्युनिङ चादनी शाहको शब्दमा गजबसँग मिलेको छ । उनले सङ्गीत गरेका चाँदनी शाहका सबै गीतहरु श्रोतामाझ लोकप्रिय बने ।
रेडियो नेपालमा राजा वीरेन्द्रको हुकम प्रमाङ्गीबाट शाखा अधिकृत हुदै उपसचिवस्तरीय सङ्गीतकारसम्म भएका र २०४६ सालदेखि उमेरका कारण रेडियोको जागिरबाट अवकाश पाएका नातिकाजीले यस अवधिमा थुप्रै गीतहरुमा सङ्गीत दिए । आधुनिक, चलचित्र, नेवारी, राष्ट्रिय, लोक सबै प्रकारका गीतमा सङ्गीत दिएका नातिकाजीका पिंजराको सुँगा, कुञ्जिनी, हामी आफ्नै भरमा ज्युँदै छौँ, भक्त प्रल्हाद, पृथ्वीनारायण शाहका चार पक्ष लगायतका २२ वटा जति गीतिनाटक अहिले पनि रेकर्डको रुपमा रहेका छन् । त्यस्तै उनले मनको बाँध, सिन्दर, २५ वसन्त, शान्तिदीप, चेलिबेटीजस्ता केही चर्चित चलचित्रहरुमा पनि सङ्गीत दिएका छन् ।
नेपाली सङ्गीतको अनवरतरुपमा सेवा गरेबापत् नातिकाजी सुप्रवल गोरखा दक्षिण बाहु प्रथम, प्रख्यात त्रि-शक्तिपट्ट, इन्द्रराज्यलक्ष्मी राज्य प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, भूपालमान सिंह सङ्गीत पुरस्कार, नारायण गोपाल पुरस्कारजस्ता सम्मान आदिबाट सम्मानित भएका छन् ।
लगभग ४००० जति गीतमा सङ्गीत गरेका नातिकाजीका गीतहरु रेकर्ड भएका अनुपातमा निकै कम मात्र गीतहरुले श्रोताको मन छुन सफल भएका छन् । रेडियो नेपालमा मेसिनले झै सङ्गीत सिर्जना गरेका कारण कतिपय उनका गीतका मेलोडी सामान्य किसिमका लाग्छन् ।
गीत सङ्गीतभनेपछि मरिमेट्ने नातिकाजी रोगका कारण थलिएर ओछ्यानमा ढल्दासमेत् उनको सङ्गीत माग्न आउनेहरुलाई खालि हात फर्काउँदैन थिए ।
लामो समयदेखि मुटु र नशासम्बन्धी पार्किन्शन रोगका कारण थलिएका नातिकाजी यही रोगका कारण २०६० साल कार्त्तिक १६ गतेका दिन सम्पूर्ण सङ्गीतप्रेमी नेपालीलाई एक्लै पारी यस संसारबाट टाढा भए । साङ्गीतिक यात्राको क्रममा निकै उतारचढावहरु व्यहोरेका नातिकाजीका कति सपना पूरा भए त कति झट्ट सुन्दा सामान्य लाग्ने उनका केही रहरहरु त्यतिकै रहे ।
उनलाई आफ्नै कार चढ्ने ठूलो रहर थियो भने उनलाई सपनाको देश भनेर चिनिने अमेरिका घुम्ने इच्छा थियो ।
मौलिक नेपालीपन भएका सङ्गीतहरु सिर्जना गरेर नेपाली सङ्गीत भण्डारलाई धनि बनाउन सफल सङ्गीतकार नातिकाजी अब हाम्रा सामु छैनन् तर उनले यस्ता धेरै सिर्जनाहरु हामीलाई छोडेर गएका छन् जसका माध्यमबाट सधैँ उनी हामीसँगै भएको अनुभव गर्न सक्छौँ, युगौयुगसम्म उनलाइ सम्झिरहन सक्छौँ ।
Add comment 0 December 18, 2007
बिर्सनै नसकिने…..
गोपाल योञ्जनको सम्झना
गएको जेठ ७ गते प्रख्यात सङ्गीतकार, गायक तथा गीतकार गोपाल योञ्जनको जन्म जयन्ती । यी नेपाली सपूतको क्षमताअनुसार नेपालले कहिल्यै उपयोग र कदर गरेन । तर पनि उनी दिनमा विश्वास गर्थे । बाँचुञ्जेल नेपाली गीतिविधामा उनले यति सेवा गरे कि उनले जति विविधतापूर्ण गीत कसैले पनि सिर्जना गर्न सकेका छैनन् । उनको देहान्त भएको आज ठीक ११ वर्ष पूरा भएको छ । तर के उनी हामीमाझ नरहे पनि उनलाई बिर्सन सक्छौँ ? उनका सिर्जनालाई भुल्न सक्छौँ ? उनको योगदानको अवमूल्यन गर्न सक्छौँ ?वि.सं.२००० साल भदौ पूणिर्माका दिन आमा छेकडोल्मा योञ्जन र बुवा डा.बुद्धिमान योञ्जनको घर गृहस्थीमा गोपाल योञ्जनले पहिलो पटक यस धर्तीमा आँखा उघारेका थिए । योञ्जन दम्पत्तिमा एक छोरा गोपाल र एक छोरी प्रतिमा गरी दर्ुइ सन्तान मात्र थिए । साङ्गीतिक परिवारमा हुर्किएका गोपाल योञ्जन बिस्तारै सङ्गीततर्फ आकर्षित हुन थाले । दार्जिलिङको सरकारी स्कूलबाट स्कूले शिक्षा पूरा गरेका गोपाल योञ्जनलाई उनकी आमा डाक्टर बनाउन चाहन्थिन् । त्यसैले गोपाललाई विज्ञान विषय पढाउन सेन्ट जोसेफ कलेजमा भर्ना गरिन् । तर नशानशामा सङ्गीतको सुर बोकेर आएका गोपाल डाक्टर बन्न सकेनन् । त्यसपछि उनको सङ्गत सङ्गीतमा बढ्ता हुन थाल्यो । २०१९ सालमा दार्जिलिङ आर्ट एकेडेमीमा वाद्यवादकको रुपमा आबद्ध भएका गोपाल योञ्जनले त्यसै बेलादेखि औपचारिकरुपमा सङ्गीत सिर्जना गर्न थाले । बाँसुरी निकै राम्रोसँग बजाउने गोपाल योञ्जनले यसैताका चर्चित भारतीय निर्देशक सत्यजीत रेको चलचित्र कञ्जनजङ्घामा पनि बाँसुरी बजाए ।
२०२२ सालतिर साङ्गीतिक भ्रमणको क्रममा दार्जिलिङ आएका नारायण गोपालसँग गोपाल योञ्जनको मित्रता गासियो । यसैबेला इश्वर बल्लभ, नगेन्द्र थापा, डा. गम्भिर योञ्जनसहित केही अन्य साथीहरुको सहभागितामा दार्जिलिङको महाङ्काल डाँडामा गोपाल योञ्जन र नारायण गोपालको मितेरी साइनो गाँसियो । जसमा मीत लगाउनु पर्छ भनेर उकास्ने इश्वर बल्लभ थिए ।
सन् १९६७ सालमा नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्न र मित नारायण गोपाल र साथी नगेन्द्र थापासँग मिलेर सङ्गीतमा पनि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ गोपाल योञ्जन नेपाल भित्रिए । र, त्रिभुवन विश्वविद्यालयमा पढ्दै साङ्गीतिक गतिविधिमा पनि सक्रिय हुन थाले । सर्जकले राजनीति होइन, सिर्जना गर्नुपर्छ भन्ने मान्यताका उनी त्यसबेला त्रिभुवन विश्वविद्यालयमा स्वभाविकरुपमा चल्ने राजनीतिक चर्चा र बहसमा भाग नलिई चित्त नबुझेको कुरा आफ्ना रचनामार्फत् व्यक्त गर्थे ।
नेपालमै बस्न थालेपछि गोपाल योञ्जन विभिन्न बाधाअड्चन पार गर्दै सक्रियरुपमा सङ्गीत सिर्जनामा लागे । सन् १९६८ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक सङ्गीत प्रतियोगितामा गोपाल योञ्जनले गल्ती हजार हुन्छन् गीतबाट उत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए ।
सेन्ट जेभियर्स र सेन्ट मेरिजमा पञ्चायतकालका ठूलाबडाका छोराछोरीहरु पढ्ने गर्थे । तिनीहरुलाई पढाउने क्रममा ती विद्यार्थीहरुको सोच, जीवनशैली र व्यवहारको मनोवैज्ञानिक अध्ययन गरेका गोपाल योञ्जनले नेपालको भिन्नभिन्न ठाउँबाट विश्वविद्यालय पढ्न आएका मध्यम र सामान्य परिवारका विद्यार्थी र ती स्कूलका विद्यार्थीबीच पत्याई नसक्नुको भिन्नता पाए । सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कूल पढ्ने बालबालिका सपना र उद्देश्य ठूला थिए भने विश्वविद्यालय पढ्ने अधिकांश ठूला विद्यार्थीहरुका सपना र उद्देश्य सामान्य किसिमका थिए । यसरी स्कूल पढाउने र विश्वविद्यालय पढ्ने क्रममा उनले एकैचोटि दुइ वटा नेपालको अनुभव गर्ने मौका पाए ।
गोपाल योञ्जनले सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कूलमा पढाइरहेको बेला रिन्छेन पनि त्यही पढाउँथिन् । स्कूल पढाउने क्रममा दुवैको दिनदिनै भेटघाट हुन्थ्यो । गोपाल पनि मौका पारेर उनलाई घुमाउन लाने र आफ्ना गीतहरु सुनाउने गर्थे ।
वि.सं.२०२५ सालमा विवाह गरेका गोपाल योञ्जन र रिन्छेन योञ्जनबाट एक छोरी सिर्जना र दुइ छोरा निर्वाण र अहिंसा जन्मिए ।
बसुन्धरास्थित आफ्नै घरमा गोपाल योञ्जनले एक समय ‘गोपालय’ नामको स्टुडियो खोलेका थिए । गोपाललाई यो स्टुडियो खोल्नका लागि चाहिने आर्थिक सहयोग श्रीमती रिन्छेन योञ्जनले गरेकी थिइन् । यही स्टुडियोमार्फत् उनी आफ्ना सिर्जनाहरुलाई रेकर्ड गर्ने र अरु गायकगायिकाहरुका स्वर रेकर्ड गर्ने गर्थे ।
२०३१ सालमा राजा वीरेन्द्रको राज्यभिषेकका अवसरमा दशरथ रंगशालामा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । जसमा गोपाल योञ्जनले ब्याण्ड र लोकधुनको मिश्रण गरी सङ्गीत तयार पारेका थिए । रिहर्सलका बेला उक्त सिर्जनालाई सबैले मन पराउन थालेपछि त्यसबेलाका चर्चित सङ्गीतकर्मीहरुले तत्कालिन अधिराजकुमार धीरेन्द्रलाई उनले प्रयोग गरेको सङ्गीत विदेशी भएको र नेपालबाहिरको मानिस यस्तो समारोहमा भाग लिन उपयुक्त नहुने कुरा लगाएका थिए ।
सन् १९६५ सालतिर गोपाल योञ्जन पद्मकन्या कलेजमा पढाउन थाले । यतिबेलासम्म शास्त्रीय र केही पश्चिमेली शैलीलाई फ्युजन गरेर बनाएका उनका सङ्गीतले नेपालका डाँडाकाडा ढाकिसकेका थिए । दार्जिलिङमा हुर्किएका गोपाल केही मात्रामा पूर्वीय लोकलयका जानकार थिए तर विविधताले भरिपूर्ण पश्चिमी लोकसङ्गीतको विषयमा पनि उनी जान्न चाहन्थे । त्यसबेला चेतन कार्कीसँग उनको निकटम् सम्बन्ध थियो । चेतन कार्कीको पश्चिमी लोकसङ्गीतका बारेमा विशेष दखल थियो । उनकै सहयोगमा गोपाल योञ्जनले लोकसङ्गीतको व्यापक खोजीनीति गरे । गोपाल योञ्जनले त्यो बेला सङ्कलन गरेका कतिपय लोकभाकाहरु त्रिभुवन विश्वविद्यालयको सङ्गीत विषयका पाठ्यक्रममा राखिएका छन् ।
गोपाल योञ्जन जुन बेला नेपाली सङ्गीतमा डटेर लागेका थिए त्यो समय नेपाली सङ्गीत संघर्षमय अवस्थामा थियो । नेपाली सङ्गीतले हिन्दूस्थानी सङ्गीतको प्रभावबाट मुक्ति खोजिरहेको थियो । यहि समयमा उनी नेपाली सङ्गीतलाई नेपालीपन दिलाउन ज्यान छोडेर लागे । नारायण गोपालको गायनशैलीमा परिमार्जन ल्याउन पनि उनको भूमिका रहेको छ । त्यस्तै उनले परिमार्जन गरेका गायकगायिकाहरुमा ध्रुव केसी, उदितनारायण, मीरा राणा, प्रकाश श्रेष्ठ, अरुणा लामा, किरण प्रधान, सुशिला कंशाकार, तारा थापा, विमला राई आदि प्रमुख हुन् ।
गोपाल योञ्जनका कतिपय गीतहरु प्रतिबन्धित पनि भएका थिए । खुकरीले लेखिएको इतिहास रातो हुन्छ, गल्ती हजार हुन्छन्, सबलाई रिझाउँ भन्दा, म मूर्दा भएको तिमी आज हेरजस्ता उनका गीतहरु कुनै समय रेडियो नेपालमा प्रतिबन्धित भएका गीत हुन् ।
अम्बर गुरुङ र गोपाल योञ्जनको प्रवेशसँगै नेपाली सङ्गीतमा राम्रा मेलोडी मात्रै होइन मेलोडीसँगै काउण्टर मेलोडी पनि बज्न थाले । गोपाल युगको समग्र सङ्गीतकै विशेषता के थियो भने कुनै पनि गीत तयार पार्दा गहकिला साहित्यिक शब्द, त्यही अनुसारको हृदयस्पर्शी सङ्गीत र ओजपूर्ण, मिठासयुक्त कलात्मक गायनलाई महत्व दिइन्थ्यो । जसका कारण त्यो बेला असंख्य अजम्बरी गीत जन्मिए, जुन गीतहरुले अहिलेसम्म पनि नेपाली सङ्गीतको प्रतिनिधित्व गरिरहेको छ ।
गोपाल योञ्जनको पछिल्लो समयमा श्रीमती रिन्छेनसँग केही खटपट शुरु भएको भनिन्छ । जसका कारण गोपालले जीवनका अन्तिम अन्तिम क्षणहरुमा अत्यधिक रक्सी सेवन गर्ने गरेको समकालीनहरु बताउँछन् ।
लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्युजन, बालगीत, चलचित्र गीत, खेलकूद गीत, यस्ता सबै विधामा एक से एक सिर्जना पस्कन सफल गोपाल योञ्जन जन्मजात् शाहाकारी थिए भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
सङ्गीताञ्जली र गीतमञ्जरीजस्ता दुई वटा पुस्तकहरुसमेत लेखेका गोपाल योञ्जनले सबैलाई चेतना भयाजस्ता केही गीतिनाटकहरुका साथै सिन्दूर, कान्छी, विश्वास, मायाप्रीति, अर्को जन्म, भुमरी, पहिलो प्रेमजस्ता १ दर्जन जति चलचित्रहरुमा पनि सङ्गीत दिएका छन् ।
नेपाली सङ्गीतको लामो समय सेवा गरेबापत् गोपाल योञ्जनले सुप्रबल गोरखा दक्षिण बाहु, छिन्नलता गीत पुरस्कारजस्ता पुरस्कारबाहेक सरकारी तवरबाट त्यस्तो कुनै पनि प्रोत्साहत र पुरस्कार पाएनन् ।
गीतसङ्गीतमा लागेपछि सबै कुरा भुल्ने गोपाल योञ्जनले आफ्नो स्वास्थ्यलाई भने त्यति ध्यान दिएनन् । पटक पटक दोहोरिएको जण्डिस रोगका कारण उपचारको क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा २०५३ साल जेठ ७ गते स्वर्गारोहण गरेका गोपाल योञ्जनलाई उनकै इच्छाअनुसार उनको पार्थिव शरीर नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिएको थियो ।
Add comment 0 December 18, 2007
नारायण गोपालको बारेमा….
- अच्युत कोईराला
नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे ।
सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने ।
पुराना कुरा सम्झदै प्रेमध्वज प्रधान सम्झन्छन्- “दुइ वर्षेदेखि बेबीलाई मन पराउँदो रै’छ, केटीले भने एकरत्ति नगन्ने । धेरैपछाडि हामीलाई थाहा भयो । हामीले उसलाई सम्झायौँ, घाँस पनि नहाल्ने यस्तालाई के मरिहत्ते गर्छस् ! गोडा भए जुत्ता कत्ति कत्ति भन्थ्यौँ । निकै पछाडि मात्रै उसले बेबीलाई ध्यान दिन छाड्यो ।”“उसको एकतर्फी प्रेम छुटाउन मैले मेरी आमाको उदाहरण दिने गर्दथेँ,” प्रेमध्वज आफ्नो किशोरकालीन साथीको सम्झना गर्दै भन्छन्- “मेरो बुवा आमाको पनि लब म्यारिज थियो, तर उहाँहरुको प्रेम सफल हुन सकेन । पछि आमा बेग्लै बस्न थाल्नुभयो । प्रेम गर्यो भने दुःख पाइन्छ, मेरी आमाको हालत हुन्छ भनेर सम्झाएपछि उसले बल्ल बेबीलाई छोडेको थियो । धेरैपछि नारायणगोपाल हिट भएपछि बेबी पछुताएकी थिई ।”
“उसबेला नै गँजडी थियो, दिनभर पढाइबाहेक अरु काम थिएन त्यसैले उसलाई नपत्याएकी हुनसक्छ”, नारायणगोपालको पहिलो प्रेमको अन्त्यका बारे प्रधान हाँस्दै बताउँछन् ।यो त्यो बेला थियो, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु, उमेरमा केही सानो भए पनि योगेश वैद्यजस्ता सङ्गीतप्रेमीहरु अर्का एक सङ्गीतप्रेमी लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे । लक्ष्मण श्रेष्ठ सम उमेरका र उनी दिनभर पसलमा बस्ने हुनाले उनीसँग थोरबहुत पैसा हुने गर्दथ्यो । कहिलेकाहीँ लक्ष्मणको निगाहले त्यो समूह साँझ परेपछि मनपर्दी खान पाउँथे । उनको घरमा गीतकार राममान तृषितले एउटा कोठा भाडामा लिएका थिए नवकला परिवार संस्थाका लागि । क्लबजस्तो थियो त्यो कोठा । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन अनुरोध गरे भने लजाउँथे । तर बेञ्जलाई तबला ठटाएसरी अरुलाई गाउनमा स्वर खाप्न भने खप्पिस थिए ।
कहिलेकाहीँ यी साथीहरुले नारायणलाई ‘जौँ रेडियो’ भन्दा लजाउँथे ।
यो समूहको साँझको काम निकै रमाइलो हुन्थ्यो । १० रुपियाँमा माइक भाडामा ल्याउँथे । माइक भाडामा ल्याउने उत्रो रकम यो समूहमा लक्ष्मण श्रेष्ठबाहेक अरुसँग हुँदैनथ्यो । चार पैसामा फूलमार चूरोट आउँथ्यो, त्यो फुर्माइसी पनि लक्ष्मणले नै गरिदिन्थे । उसबेलाको एउटा रेडियो यस्तो हुन्थ्यो, माइकलाई रेडियोमा जोड्यो भने रेडियोबाट बोलेको आवाज आउँथ्यो र रेडियोमा गाएको आनन्द ती युवाहरु लिने गर्दथे ।
यो बेलासम्म प्रेमध्वज र माणिकरत्नले रेडियो नेपालमा हिन्दी गीत गाएर आफ्नो स्वर परीक्षण मात्र गराएनन्, पास पनि भए । तर नारायण स्वर परीक्षा दिन डराए ।नारायणगोपालको घर खान्दानी । नेवार समुदायमा सबैभन्दा उच्च जात मानिन्छ गुरुवाचार्य । नारायणगोपालको घर ९० सालको भुइँचालोमा पनि केही क्षति नभएको । त्यति मजबूत थियो उनीहरुको बुनियाद ।
नारायण किशोरावस्थामा निकै बलिया बाङ्गा । कतिसम्म भने आफ्ना काकाको चुनावमा उहाँलाई सघाउन प्रेमध्वजले आफ्नो हितैषी साथी नारायणलाई चौतारा लगेका थिए । दुइ दिन लाग्ने बाटो यी दुइ ठिटाले ११ घण्टामै पार गरेका थिए ।नारायण पढाईमा उति उत्कृष्ट थिएनन् । उनलाई स्कूले हिसाबबाट निकै घृणा थियो । हिसाब नै उनको दुश्मन थियो । अँग्रेजीमा निकै राम्रो थिए उनी । १० कक्षामा नै एक पटक हिसाबका कारण झण्डै फेल भएका थिए । १३ सालमा नै एसएलसी पास गर्नुपर्ने नारायणले १६ सालमा पास भएका थिए । राममान र प्रेमध्वजले उनको पढाईमा निकै सहयोग गरेका थिए ।एसएलसी पास नगरी रेडियोमा स्वर परीक्षा दिन नजाने अड्डी कसेका उनले एसएलसी पासलगत्तै राममानको शब्दसङ्गीतमा पंक्षीको पंखमा धर्तीको याद दियो… गाएर भ्वाइस टेष्ट पास गरेका थिए ।
कलेज पढ्दाताका उनका साथीमा थपिए रत्नशम्शेर थापा र अन्य । यो समूहले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।
यसबीचमा उनले आँखाको भाका आँखैले…, मधुमास यो दिलको बाग नफुलिकन…, म भोरका किरण हुँ…, स्वर्गकी रानी मायाकी खानी…, भो भो नसोध मलाई…, कुञ्जमा गुञ्जियो…जस्ता हिट गीत गाए । यीमध्ये अधिकांश गीत रत्नशम्शेरका थिए । यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका थिए ।
यहाँ हिट भएपछि एक पटक नगेन्द्र थापालाई नारायणगोपालका पिताले भने- “ए, थापाकाजी लौ न मेरो छोरो त सस्ता गीत गाएर बिग्रन थाल्यो । अलि राम्रा गीत गाउन लगाउनु पर्यो ।”
नगेन्द्र यतिबेला सम्झन्छन्- “छोरो प्रेमप्रणयका गीतमा मात्र अल्झ्यो, शास्त्रीय सङ्गीतमा रत्ति मन दिएन भनेर बाबु चिन्तित थिए । त्यही भएर शास्त्रीय सङ्गीत सिकाउन बडोदा (भारत) पठाउने योजना थियो । पछि बाबुको इच्छा पूरा गर्न ऊ बडोदा गयो ।
बडोदा जाउञ्जेलअघि “ए कान्छा ठट्टैमा…” निकै हिट भइसकेको थियो । धेरै केटीहरु यो गीत आफैँमाथि लेखेको ठान्थे, आफैँलाई सम्झेर नारायणले गाएको ठान्थे । त्यस्तो ठान्नेमध्ये दार्जिलिङ सुकियापोखरीकी पेमाला लामा पनि थिइन् । जो सुकियापोखरीमा बीए पास उपरान्त स्थानीय स्कूलमा पढाउन थालेकी थिइन् । पेमाला मनमनै नारायणलाई मन पराउन थालेकी थिइन् र पत्रव्यवहार शुरु भइसकेको थियो । यसैबीच उनी बरोडा गए, शास्त्रीय सङ्गीत पढ्न ।
पत्रव्यवहार जारी नै थियो । खासगरी नारायणको प्रशंसामा पत्रहरु कोरिएका हुन्थे र नारायण पेमालाको लेखाईको प्रशंसक थिए ।
बडोदामा उनलाई पढ्न उति रुचिकर लागेन । “सबै थाहा भएकै त कुरा हो, नयाँ कुरा सिक्ने केही छैन”, साथीहरुसँग कहिलेकाहीँ गुनासो गर्ने गर्थे । उनी आफ्नो रुचिले भन्दा पनि बुवाको रुचिका कारण त्यहाँ पढ्न गएका हुनाले पढाईमा मन थिएन ।
अर्को कुरा, चूरोटमा गाँजा हालेर मजाले तान्नु उनको गायन जत्तिकै शोख थियो । बडोदामा विशेषगरी, पाठशालामा चूरोट पिउनु अपराध नै ठानिन्थ्यो । तलतल लाग्ने बित्तिकै उनी शौचालयमा शौचको बहानामा गाँजा र चूरोटको सर्को तान्थे । तर पछि गुरुहरुलाई पनि शंका लाग्न थालेपछि शौच पुग्न पाएको छैन, जासूसहरु आइपुगिहाल्ने । उनले बरोडामा सङ्गीत छोड्नुको मुख्य कारण यही थियो- मजाले चूरोटसँग गाँजा तान्न पाइँदैनथ्यो । धेरै केरकार हुन थालेपछि उनले पर्ढाई त्यागे र सीधै नगेन्द्र थापाकहाँ दार्जिलिङ पुगे । दार्जिलिङ पुग्नुको अर्को कारण चाहिँ सुकियापोखरीकी सुकन्या पेमाला थिइन् ।
पेमालालाई पहिलो पटक हेर्न उनी सन् १९६५ मा दार्जिलिङ गए । यसैबेला गोपाल योञ्जनसँग उनी पनि निकै नजिकिए । थोरै दिनका लागि आएका नारायण त्यहाँ पुग्दा नगेन्द्र थापाले पेमालासँग पहिलो पटक भेट गराइदिए । शुरुमा त पेमालाले नगेन्द्रलाई नारायण ठानेर अनौठो व्यवहार देखाइन् तर पछि नगेन्द्रले म नारायण होइन, ऊः पर छ भनेर देखाएपछि भने हाँसोको फोहोरा छुट्यो । त्यो बेला दुइ जनाको रोमाञ्चक भेटघाट हेर्न लायक् थियो । नारायण, गोपाल, नगेन्द्र र पेमाला नजिकैको सिमाना डाँडामा बसेर नारायणले पेमालाको अनुरोधमा “यो मौसम यो हरियाली” गीत गाए ।
यही बेला हो, नारायणगोपाल र गोपाल योञ्जनले मीत लगाएको । दार्जिलिङ बसाईकै क्रममा इश्वर बल्लभ, नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा, डा. गम्भीर योञ्जनसहित महाँकाल डाँडोमा मीत लगाउने कार्य सम्पन्न भयो । अँगेटी बालेर्रर् इश्वर बल्लभले केही पढे र दुवै आजदेखि मीत भयौ भनी मीत लगाइदिए ।
कल्पनाका उडन्ते कुरा गर्नु, जोक् गर्नु, खाना बनाउनु उनका अचम्मका शोख थिए । मेथीको अचार, बोसो भएको मासु, हलुवा, गुँदपाक, जेरी आदि शानदार ढङ्गले खाने उनको शोख थियो । खानुलाई उनी ‘भत्काउनु पर्छ’ भन्थे । खेलकूदमा फूटबल उनको सबैभन्दा मनपर्ने खेल थियो र उनी जीवित रहुञ्जेल काठमाडौँमा भएका फूटबल म्याच शायदै छुटे होलान् । चेस र तासको पप्लु खेलमा उनलाई विशेष प्रेम थियो ।
मीत लगाएपछि दुवैको शानदार मितज्यू नाइट सम्पन्न भयो । काठमाडौँदेखि दार्जिलिङसम्म एउटा भव्य टूरको आयोजना भएको थियो । यही कार्यक्रमको सिलसिलामा बिराटनगरस्थित नगेन्द्र थापाको घरमा बसाइँ बस्दा नारायणगोपाल र गोपाल योञ्जनले अनौठो नाम पाएका थिए । नारायणलाई घिऊकुमार र गोपाललाई खोर्सानीकुमार नाम नगेन्द्र थापाकी आमाले राखिदिनु भएको थियो । त्यहाँ बसाईको क्रममा नारायणले घिऊ निकै स्वाद लिएर खाए भने गोपालले थपिथपि खोर्सानी खाइदिए ।
यसपछि उनीहरुको बिहे भयो । बिहेपछि उनलाई किलागलस्थित घर ल्याइएन । त्यसबेला निकै लोकप्रिय भइसकेका हुनाले उनलाई सहयोग गर्न पोखरामा केही साथीहरु तत्पर थिए । तत्पर साथीमध्ये भूपि शेरचन र अन्य । पेमालालाई एउटा स्कूलमा जागीर पहिले नै खोजिसकिएको थियो । नारायण भने त्यसबेला सङ्गीतमै बढी रमाए । तर करिब सात आठ महिना त्यहाँ बसिसकेपछि नारायणलाई पोखराको वातावरणमा आफूलाई प्रतिकूल ठान्न थाले । यसपछि प्रेमध्वजलाई आफ्ना लागि केही जागीर खोजिदिन अनुरोध गरे । प्रेमध्वजले पनि माणिकरत्नलाई भनेर माणिकरत्नका साथी कन्हैया तिमिल्सिनालाई भनियो । कन्हैयाका काका त्यसबेला सांस्कृतिक संस्थानका सहायक महाप्रबन्धक थिए । यसपछि नारायणले नाचघरमा जागीर पाए र पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । यहीँको जागीरको पैसा जोगाएर दुइ प्राणीले महाराजगञ्जस्थित तत्कालिन भूतबंगला छेउ तीन रोपनी जग्गा किने ।
यसपछि उनी निकै लोकप्रिय पनि अति लोकप्रिय भए ।
बि.सं. २०३६ सालपछि नेपाली राजनीतिक घटनाक्रममा केही परिवर्तन देखापरे । देशमा जनमत सङ्ग्रह घोषणा भयो र सुर्यबहादुर थापा प्रधानमन्त्री बनाइए । सुर्यबहादुर थापाका भाइ नगेन्द्र थापाले यो अवसरलाई त्यत्तिकै खाली जान दिएनन् र नारायण गोपाललाई नाचघरको महाप्रबन्धक बनाइदिए ।
महाप्रबन्धक बनेपछि केही सङ्गीतकर्मीको भनाइअनुसार उनी अलि बढी नै असहिष्णु बन्न थाले । माणिकरत्न उनका लगौँटी साथी थिए, तर उनको महाप्रबन्धकीय पालामा माणिकरत्नले नाचघरबाट हात धुनु पर्यो । नारायणले भन्ने गर्थे- “साथी महाप्रबन्धक भयो भन्दैमा बिहान १० बजे हाजीर बजाएर गायब हुने अनि एकै पटक हप्तौँपछि टुप्लुक्क देखा पर्ने, यो त भएन नि !”
यी महान् गायकहरुमा पछि यति तीतो बढ्यो कि एकअर्काको नामसमेत सुन्न चाहदैनथे ।
नारायणगोपाल नाचघरका एक पालेलाई लिएर साँझसाँझ पिउन बस्थे र सोध्थे- “ए भन्त, माणिकरत्न ठूलो गायक कि म ।”
“कहाँ मलद्वार कहाँ हरिद्वार ! यस्तो पनि तुलना हुन्छ ? गाउन त माणिकरत्न तपाईँभन्दा कहाँ हो कहाँ राम्रो नि !” पालेको र्सकाउने उत्तर हुन्थ्यो र नारायणले उसलाई परसम्म खेद्थे ।
यसभन्दा अघि तारादेवीसँग पनि नराम्रो झगडा परेको थियो । उनीहरुले कैयौँ गीत एकअर्कासँग नबोलीनबोली नै गाएका छन् । “ए कान्छा ठट्टैमा…” गाउँदा पनि यी दुइबीच बोलीचाली थिएन । तारादेवीलाई पछिसम्म पनि नारायणगोपालसँग अन्तिम अवस्थासम्म बोलचाल हुन नपाएकोमा ठूलो खेद थियो । दुवैबीच बिना कुनै ठूलो कारण बोलचाल बन्द भएको थियो र कसैले पनि त्यो बोलचाल खोल्न चासो देखाएनन् ।
खानमा कति शौखिन थिए भने, उनलाई डाक्टरले गुलियो पदार्थ खान प्रतिबन्ध लगाइसकेका थिए । न्युरोड आउने काम पर्ने बित्तिकै मोटरसाइकलमा पेमालालाई परै राखेर आधा किलो गुँदपाक एकै बुजोमा सिध्याएर मात्र घरतिर लाग्थे ।
लोकप्रियताको शिखर चुम्न थालेपछि भने नारायण केही अभ्याक्रामी (एग्रेसिभ) हुन थालेका थिए । पहलमान शरीर र पहलमानी सिकेका कारण पनि कसैलाई त उनी चुट्नसम्म अघि र्सर्थे । त्यसैले साथीहरुबीच उनी ‘असनको साँढे’ उपनामबाट पनि परिचित थिए । विशेष गरी साँझतिर केही पिइसकेपछि उनमा यो भावना बढी जाग्दथ्यो । बाहिर उनले यति पिउँथे कि आजीत भएर पेमालाले घरमा नै जाँड बनाउन शुरु गरेकी थिइन्, ताकि नारायण बाहिरतिर गएर नखाऊन्, खाए पनि आफ्नै अघिल्तिर खाऊन् ।
उनी चूरोट यत्ति पिउँथे कि एक दिनमा ४० वटा चूरोट सकिन्थ्यो । पछि विरामी पर्न थालेपछि रक्सी छाडे पनि दिनमा २५ वटा चूरोट त आहार हुन्थ्यो नै !
नारायणलाई खाना तात्तातो खानु पर्दथ्यो । तात्तातो खाना खाएर पसिनापसिना हुनु उनको अर्को शोख थियो ।
नारायणगोपालको कुनै पनि सन्तान भएनन् । किनभने पहिलो पटक पेमाला गर्भवती हुँदा पहिलो बच्चा पाठेघरको देब्रेतिर हुर्कन थाल्यो । जबकि बच्चा बच्चादानीमा हुर्कनु पर्ने थियो । अप्रेसन गरेर बच्चालाई फ्याल्नु पर्दथ्यो । “मलाई पेमालाभन्दा बच्चा प्यारो छैन”, भनेर उनले बच्चा फ्याले र यसपछि उनीहरु जीवनभर सन्तानविहीन बन्नु पर्यो ।नारायणगोपाललाई अभिनयको शोख थियो भने उनी आफ्ना मनपर्दा साथीसँग भेट हुँदा शुरुमा आँखा झिम्क्याउँथे । नारायणगोपाल ईर्ष्यालु यदि कोहीसँग थिए भने प्रेमध्वज प्रधानसँग थिए । उनले फागुन १३ गते, २०४० सालको गोरखापत्रमा दिएको अन्तरवार्तामा त्यो कुरा व्यक्त गरेका छन् ।२०४७ साल कात्तिक १८ गते वीर अस्पतालमा रोगले च्यापेपछि भर्ना भएका नारायणगोपालको मृत्युको कारण चाहिँ उनको मुख नै रहन गयो । डाक्टरले खान प्रतिबन्ध लगाएका भोजनहरु पनि उनी साथीहरुसँग झगडा गरीगरी खाइदिन्थे ।
उनको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । उनको मृत्युमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत थुप्रै राजनेता, कलाकर्मीहरुको उपस्थिति थियो । र, उनको लाश जलाउने बेलामा जति जनताहरु उपस्थित थिए, त्यो उपस्थिति कुनै कलाकारको मृत्युमा भएको उपस्थितिको एउटा रेकर्ड थियो । अनुमान अनुसार १० हजारभन्दा बढी श्रोता उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट पुगेका थिए ।
जीवनभर लगभग ५०० गीत गाएका नारायण गोपालको जीवनकालमा भने जम्मा दुइ वटा गीति एल्बम मात्र बजारमा आए- रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग-१’ ।पुरस्कार तथा सम्मान
२०२३ साल सर्वोत्तम सङ्गीतकार, रेडियो नेपाल
२०२४ साल सर्वोत्तम गायक, रेडियो नेपाल
२०२९ साल रत्न रेकर्ड पुरस्कार – एल्बम ‘ब्लु नोट’ का लागि, रत्न रेकर्डिङ संस्थान
२०३३ साल गोदबा चौथो
२०४० साल इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, ने.रा.प्र.प्र.
२०४४ साल छिन्नलता पुरस्कार
२०४५ साल जगदम्बा श्री पुरस्कार, मदन पुरस्कार गुठी
२०४७ साल त्रिशक्ति पट्ट, तेस्रा
Add comment 0 December 18, 2007
हिट्स अवार्डः तीता कुरा
- अच्युत कोइराला
पछिल्लो समय नेपालमा सङ्गीत अवार्डले आफ्नो रङ गुमाउँदै जान थालेको छ । यसको रौनक र प्रतीक्षा वर्षभरि नै हुने गर्दथ्यो । चाहे त्यो हिट्स अवार्ड होस् या इमेज अवार्ड ! तर वास्तविक सङ्गीतको सम्मान कम र द्रव्य मोह ज्यादा देखिन थालेपछि यसको रौनक घट्न थालेको महसूस सङ्गीत उद्योगले गर्न थालेको छ ।केही व्यक्तिहरु जो अवार्डलाई सङ्गीतको सम्मान भन्दै सङ्गीतका स्टारहरुको अनुहार बेचिरहेका छन् । जस्तो कि यस पटक हिट्स एफएम म्युजिक अवार्डले कार्यक्रमको बीचमा ‘स्प्रिङउड फेशन शो’ गर्यो । सिर्जनात्मकतामाथि व्यवसायिकताको निर्लज्ज हस्तक्षेप यसलाई मान्न सकिन्छ ।जब अवार्डको घोषणा भयो, यसले गर्न खोजेका केही कुराबाट दर्शकहरु अत्यन्त उत्साहित थिए । जस्तो कि स्व. दिव्य खालिङप्रतिको श्रद्धासुमन ! अघिल्ला वर्षहरुमा यस्तो श्रद्धा सुमन नयाँ गायकगायिकाहरुलाई निम्त्याएर स्वर्गीय आत्माका युग हाँक्ने गीत गवाइन्थ्यो । तर यस पटक त्यस्तो भएन, भिडियोमा गीत बजाइयो र स्वर्गीय दिव्य खालिङ पत्नीको असरहीन भाषण सुनाइयो ।लाइफटाइम एचिभ्मेन्ट अवार्डका लागि यस पटक माणिकरत्न तुलाधरलाई सम्मानित गरियो । प्रत्यक्ष प्रसारण भइरहेको बेला सम्मानित व्यक्ति तुलाधर वाल्ल परेर अब के गर्ने भन्ने दोधारमा हुँदासमेत आयोजकहरुको उपस्थिति देख्न नपाउँदा खल्लो महसूस हुनु स्वाभाविक हो ।केही समयअघिसम्म ताल म्युजिकका कुनै पनि एल्बमले हिट्स अवार्डमा नामाङ्कन पाउँदैनथिए । त्यसको मुख्य कारण थिए, हिट्स एफएमका पूर्व कार्यक्रम संयोजक दिपेश श्रेष्ठ । भनिन्छ, लेनदेनको विवादका कारण उनले ताल म्युजिकका कुनै पनि एल्बमलाई प्रविष्टी लिने गर्दैनथे । जसका कारण ताल म्युजिक र हिट्स एफएमबीच पानी बाराबारको स्थिति थियो । यही कारण थियो, दिपेशकिशोर भट्टराईका दुइ हिट एल्बम ‘फर एभर’ र ‘फर्च्र्युन’का गीत सर्वप्रिय रहे पनि उनी नामाङ्कनमा समेत परेका थिएनन् । तर यस पटक ती सबै कुराको भरपाई भएको महसूस भयो, जब ताल म्युजिकबाट बजारमा आएको ‘गायक’ एल्बमबाट कर्मा ग्याल्जेन बमजनले चार/चार वटा अवार्ड थापे । मेची पारिका यी स्रष्टाले पाँच विभिन्न विधामा नामाङ्कन पाएका थिए । यसै गरी, दिपेशकिशोरले अघिल्ला वर्षहरुको भरपाईबापत ‘आँखा जुधाएर…’ गीतबाट अवार्ड हात पारे ।
हिट्स अवार्ड यस पटक उदेश श्रेष्ठको ‘फ्लप’ एल्बममाथि बढी नै उदार भएको (विभिन्न ५ विधामा नामाङ्कित) आरोप यसको नामाङ्कनकै बेलादेखि चर्चा चलेको थियो तर यसको बचावटका लागि अवार्ड आयोजकले उनको होचो कदभन्दा गायकीको शैली हेर्न सुझाव दिएका थिए । आलोचना भइरहँदा उनले ती पाँचबाट एउटा पनि अवार्ड हात पार्न सकेनन् ।
यस पटकको अवार्ड नामाङ्कन हेर्दा कस्तो महसूस हुन्छ भने या त राम्रा गायकहरु सबै दुलो पसिसके या त तिनीहरु बेवास्ताको शिकार भए । बेवास्ताको शिकार भए भन्न पनि गाह्रो किन छ भने राम्रा गीतकै लागि आयोजन गरिएको हो यो अवार्ड । हुन पनि लहरैसँग गायकगायिकाहरु विदेशमा ओत लाग्न थालेपछि तिनलाई सम्मान गर्नुको औचित्य पनि समाप्त नै हुन्छ । त्यसैले यहीँ भएका र संघर्ष गर्दै गरेका नयाँ अनुहारहरुलाई अवार्ड दिनु बाध्यता नै बनिसकेको छ अवार्डहरुको ।
यस्ता विविध कारणहरुले हिट्स एफएम म्युजिक अवार्ड मात्र होइन, राष्ट्रमा भएका अन्य अवार्डहरु पनि रेडियो वा भिडियो काउन्टडाउनमा सीमित हुन पुगेका छन् । त्यसैले देशका अवार्डहरुले आफ्नो रौनक र पुरानो गौरव विस्तारै गुमाउँदै जान पो थालेको हो कि भन्ने आशङ्का जन्मिन थालेको छ ।
CLOSE UP 11TH HITS FM MUSIC AWARDS, 2064
WINNERS
BEST NEW ARTIST
1. Alpa’ Biram
2. Karma Bomzon (Winner)
3. Razeen Pandey
4. Reshma Sunuwar
5. Sapan Shrestha
BEST SONG IN A FOREIGN LANGUAGE
1. Wild flower – Atharva
2. Runaway – Arya Saurav
3. Imagine rainbow in Kathmandu – Mukut
4. Loneliness dies – Puja Rai
5. In my head/ In my heart – Robin N the new Revolution (Winner)
BEST MUSIC VIDEO
1. Alok Nembang – Ankha bhari ashu kina (Winner)
2. Amrit – Eeuta Chiti
3. Arun Pradhan – Suna hai saathi
4. Imna – Timilai
5. Rakesh Kayestha – Prathana
BEST ROCK COMPOSITION
1. Swargadapi Gariyashi – 1974 AD (Winner)
2. Timro sindur – Firoz Syangden
3. Bir gorkhali – Karma Bamjan
4. Kasto rahecha bato – Lochan Rijal
5. Ke chahanchau – Udesh Shrestha
BEST POP COMPOSITION
1. Aankha Judhaera – Deepesh Kishore Bhattarai
2. China jana bhaya pachhi – Karma Bomzan (Winner)
3. Ayei ayei ayei – Nabin K Bhattarai
4. Khaas ta kehi chhaina – Pramod Nirwan
5. Timi sundar – Varat Sitaula
BEST COMPOSITION
1. China jana bhaya pachhi – Karma Bomzan (Winner)
2. Dekhchu feri – Shakti Ballav
3. Khas ta kehi chaina – Pramod Nirwan
4. Salala – Milan Moktan
5. Ke chahanchau – Udesh Shrestha
BEST ARRANGEMENT
1. 1974 AD – Swargadapi Gariyashi
2. Manohar Sunam – Dekhchu feri
3. Fanindra Rai – Khaas ta kehi chhaina
4. Fanindra Rai – Salala (Winner)
5. Sanjay Shrestha – Nashalu
BEST SONG ORIGINALLY RECORDED FOR A MOTION PICTURE SOUNDTRACK
1. Bharosa – Chaubandi ma – Suresh Adhikari
2. Bintipatra – Mayaluko Deshma – Rameshwore Burlakoti
3. Himmat – Mero Kalpana – Mahesh Khadka (Winner)
4. Nepal – Maya ko mitho tirsana – Shambhujet Baskota
5. Takdir – Mai mori lai – Mahesh Khadka
BEST VOCAL COLLABORATION
1. Raju Lama and Yogita Yonzon – Ustai Ustai
2. Ram Krishna Dhakal and Sapna Shree – Ujyalai Ujyalo
3. Ram Krishna Dhakal and Sneha Pant – Maya garne ko
4. Satya and Swaroop Raj Acharya – Nashalu
5. Uday and Manila Sotang – Mathi Mathi lekaima (Winner)
BEST PERFORMANCE BY A GROUP OR DUO WITH VOCAL
1. 1974 AD – Madhumasta (Winner)
2. Atharva – Bahaki Hera
3. Mantra – Himlai Nepali
4. Mongolian Heart and Yogita Yonzon – Usstai Usstai
5. The Axe – Euta chiti ko sahara le
FOLK RECORD OF THE YEAR
1. Murali bajyo tiriri – Prem Moktan
2. Daiko Sali – Hari Lamsal and Sindhu Malla
3. Ram saili – Mahesh Budhathoki and Satya Kala Rai
4. Selo Juhari – Megh Dong, Prem Moktan, Indira Lama and Sashikala Moktan
5. Paisa jhare maruni – Naveen Khadka, Pushtka Khaka, Balaram Samal, Manju Samwahamphe (Winner)
FOLK ALBUM OF THE YEAR
1. Hyangla Selo Juhari – Indira Lama, Shashikala Moktan, Prem Moktan and Megh Dong (Winner)
2. Reshunga ko shir – Bishnu Majhi, Mantri Kaushal, Narayan B. P. Pariyar and Raju Pariyar
3. Gurasghari Bann – Ram Bahadur Nepal and Mandavi Tripati
4. Pardesi katha – Bhagwan Bhandari
5. Ghamai Chayale – Raj Rai
BEST FEMALE POP VOCAL PERFORMANCE
1. Juna Prasai – Aauthyau timi
2. Parvati Rai – Mero deuta (Winner)
3. Pooja Rai – Ayo koi
4. Prashna Shakya – Hawa jastai
5. Reshma Sunuwar – Kya mitho
BEST MALE POP VOCAL PERFORMANCE
1. Deepesh Kishore Bhattarai – Ankha Judhaera (Winner)
2. Nabin K Bhattarai – Ai yai yai yai
3. Rajesh Payal Rai – Khass ta kehi chaina
4. Udesh Shrestha – Ke chahanchau
5. Varat Sitaula – Timi sundar
BEST FEMALE VOCAL PERFORMANCE
1. Devika Bandana – Chithi lekhecha
2. Kunti Moktan – Hajur palnuhola (Winner)
3. Reema Gurung Hoda – Magg Magg
4. Sangeeta Rana – Kun papile
5. Yashoda Parajuli – Feri timro samjhanama
BEST MALE VOCAL PERFORMANCE
1. Jagdish Samal – Dekhchu feri
2. Karna Das – Tyasto sathi
3. Rajesh Payal Rai – Namaga Masanga (Winner)
4. Ram Krishna Dhakal – Dilko Kura
5. Swaroop Raj Acharya – Kahile samma
SONG OF THE YEAR
1. Kahila Samma – Ananda Adhikari (Winner)
2. Maya Mitho bhanthe aru – Dinesh Adhikari
3. China jana bhae pachi – Karma Bomzon
4. Salala – Nawaraj Lamsal
5. Natak – Ramesh Adhikari
ALBUM OF THE YEAR
1. On Air – 1974 AD
2. G Major – Nabin K Bhattarai
3. Kamana – Rajesh Payal Rai (Winner)
4. Muzik – Satya and Swaroop Raj Acharya
5. Rahashya – Udesh Shrestha
RECORD OF THE YEAR
1. Dekhchu feri – Jagdish Samal
2. China jana bhaya pachhi – Karma Bomzan (Winner)
3. Ayei ayei ayei – Nabin K Bhattarai
4. Khaas ta kehi chhaina – Rajesh Payal Rai
5. Ke chahanchau – Udesh Shrestha
Add comment 0 December 18, 2007



